Monday, December 26, 2022

कविता के हाम्रा खुकुरी भुत्तिएकै हुन्

 कविता


के हाम्रा खुकुरी भुत्तिएकै हुन्

के साँच्चै?
गोर्खालीका खुकुरी भुत्तिएकै हुन् त?
के वीर बलभद्रहरु थाकेकै हुन्?
कि जन्मिन छाडीसके यो देशमा
नालापानी र खलङ्गामा लडेका सपुतहरु?
के रामशाह का सालीक भत्केकै हुन्?
के न्याय बिकेकै हो?  
हैन भने पटकपटक
आफ्नो सार्वभौममा दुशमनहरु धावा बोल्दा पनि
किन मौन छ यो देश अनि सरकार?
किन नतमस्तक छन् देशका सिपाहीहरु?
बुद्धको बुद्धत्व लिलाममा राखेर
किन मौन छ लुम्बिनी आज?
हार्न नजानेको ईतिहास बोकेका नेपालीहरु
हटेर हैन डेटर लड्ने
नेपालीका शीरहरु किन झुकाइँदैछन्?
कतिसम्म दासत्वलाई स्विकार्छौ?
ए कथित राष्ट्र नेताहरु हो?
के यो देश केवल
तिम्रा बाद र तन्त्रका लागि
प्रयोगशाला हो?
देश भित्र बन्दुक बोकेर लड्ने
ए लाल सिपाहीहरु हो!
कहाँ छौ आज?
झापामा मान्छे काट्नेहरुको खुकुरी खै?
बेनी, म्याग्दीमा पड्किएका बन्दुकहरु
के खोलाले बगाएकै हुन् त?
टुक्रे महाराजहरु निदाएकै हुन् त?
सम्सदमा टेबल ठोक्ने थापाहरु      
बाटोमा एम्बुस थाप्ने भाईइहरु
आज कहाँ हराए ?
रगत उमाल्ने भाषण गर्ने नायकहरु  
भान्छा घरमै सिमित भए त?
धरणिधरका कविता बिर्स्यौ?
के पढाउछौ भोली छोरीलाई
मानचित्रमा हाम्रो अस्तित्वनै नरहे पछी?
आज पनि स्वदेशी मन र नजर नरोए पछी ?
कति बिदेशी लङौटीका झन्डा मात्र बोक्छौ?
के चन्द्र सुर्य अन्कित झन्डाले पोल्न थालएकै हो ?
हैन भने कहिले सम्म
काङ्रेस, कम्युनिस्ट, मधेसी बनेर बस्छौ
किन बन्न सक्दैनौ
एक नेपाली
एक गोर्खाली
ए हिजोसम्म
पहिचानका राग ओकल्नेहरु हो
कता हराए तिम्रा बुलन्दीहरु?
कहिले सम्म
कात्रा चोरहरुको पछाडी दौडन्छौ?
बाँकी रहेको थोरै सार्वभौम जोगाउनु छ
त्यसैले जुटेर उठौं
नेपाल नै नरहे नेपाली हामी कसरी रहौंला ??

जय नेपाल जय मातृभूमी
 
श्रीभक्त पौडेल "आफन्त" -

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...