Wednesday, January 8, 2014

प्यारो छोरो श्रीजनको आज ५औ जन्मदिनको शुभकामना सहित्


प्यारो थियो सानु थियो, तोतेतोते बोल्ने बाबु थियो 
छाडि आयौं स्वदेस दुबैले टुकटुक हिंड्ने बेकाबु थियो  

चौथों बर्ष पुरा भईकन पाचौं बर्षमा दगुर्दै छ आज 
चाहना थियो संगै जन्मदिन मनाउने काटेर केक साँझ  

भरिन्छन आँखा चर्कन्छ छाती सम्झेर बाबु बिदेशमा 
गल्ती नै गरियो कि, जस्तो लाग्छ छाडेरै स्वदेशमा

देख्दा यहाँ बिदेशमा केटा-केटी हुलका हुल अती 
बाबुको त यो हाल आमाको उठ्दो हो शुल कती 

बोल्यौं केही क्षण बिहानिमा आनन्दको भान भो 
छोरो हाम्रो श्रीजन बाबु आज  अद्भुभुत शान भो    

भन्नुहुन्छ हजुरआमा खेलनी साथी हो मेरै घरको 
शोभा छ कोमल छ अती, प्यारो छ वर-परको   

भन्नुहुन्छ हजुरबुवा नाती मेरो शिखर हो कुलको 
हामी भयौं सब भमरा चिन्ता नगरे है फुलको

Thursday, January 2, 2014

मिठो गीत



साथ थियो हिजो सम्म, हातमा पनि हात थियो
पलपल प्रहर शुहाग लाग्ने छोटो मिठो रात थियो

थियो माया चोखो हाम्रो प्रित पनि चोखो थियो
संगै गाउने संगै नाच्ने बाच्ने संगै धोको थियो

पापी संसार पापी नजर, शहर पनि पापी थियो
छुटाइ दियो त्यही पापीले बाच्ने रहर काफी थियो  

थियो छोटो चिनारी हाम्रो सपना पनि छोटो थियो
धन्न रह्यो कुनै बेला संगै खिचिएको फोटो थियो

लुकी छिपी हर साँझमा, भेट्ने पनि रीत थियो
त्यही भेटमा गाउने हाम्रो,छुट्टै मिठो गीत थियो 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...