Wednesday, January 8, 2014

प्यारो छोरो श्रीजनको आज ५औ जन्मदिनको शुभकामना सहित्


प्यारो थियो सानु थियो, तोतेतोते बोल्ने बाबु थियो 
छाडि आयौं स्वदेस दुबैले टुकटुक हिंड्ने बेकाबु थियो  

चौथों बर्ष पुरा भईकन पाचौं बर्षमा दगुर्दै छ आज 
चाहना थियो संगै जन्मदिन मनाउने काटेर केक साँझ  

भरिन्छन आँखा चर्कन्छ छाती सम्झेर बाबु बिदेशमा 
गल्ती नै गरियो कि, जस्तो लाग्छ छाडेरै स्वदेशमा

देख्दा यहाँ बिदेशमा केटा-केटी हुलका हुल अती 
बाबुको त यो हाल आमाको उठ्दो हो शुल कती 

बोल्यौं केही क्षण बिहानिमा आनन्दको भान भो 
छोरो हाम्रो श्रीजन बाबु आज  अद्भुभुत शान भो    

भन्नुहुन्छ हजुरआमा खेलनी साथी हो मेरै घरको 
शोभा छ कोमल छ अती, प्यारो छ वर-परको   

भन्नुहुन्छ हजुरबुवा नाती मेरो शिखर हो कुलको 
हामी भयौं सब भमरा चिन्ता नगरे है फुलको

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...