Friday, January 26, 2018

गीत

प्यारको मसी प्यारकै कलम बनाएर,
सुनाउने छु एक दिन गजल बनाएर!!

दुख्नेछ मन तिम्रो, भरिनेछन गहहरु,
पुर्नेछु घाऊ अक्षरका, मलहम बनाएर !!

टिकाको रङ्ग, गाजलको भाब टिपी
गुनगुनाउनेछु म मिठा, सरगम बनाएर !!

न दुरिको आभास, न एकांकिले पोल्छ
यी दुई मुटुको एउटै, धड्कन बनाएर !!

मुस्किलका पहाड, धैर्यताको चट्टान फोडी
बगाउनेछु यिनै पर्खाई, तरल बनाएर !!


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...