Friday, January 26, 2018

गीत

प्यारको मसी प्यारकै कलम बनाएर,
सुनाउने छु एक दिन गजल बनाएर!!

दुख्नेछ मन तिम्रो, भरिनेछन गहहरु,
पुर्नेछु घाऊ अक्षरका, मलहम बनाएर !!

टिकाको रङ्ग, गाजलको भाब टिपी
गुनगुनाउनेछु म मिठा, सरगम बनाएर !!

न दुरिको आभास, न एकांकिले पोल्छ
यी दुई मुटुको एउटै, धड्कन बनाएर !!

मुस्किलका पहाड, धैर्यताको चट्टान फोडी
बगाउनेछु यिनै पर्खाई, तरल बनाएर !!


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...