Monday, January 29, 2018

साहित्यमय म्याड्रिड




सचिव:पार्वती ओली
अनेसास स्पेन 

             अन्तर्राष्ट्रिय साहित्य समाज(अनेसास) स्पेनले श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा दोस्रो रचना वाचन कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम  Paso de Melancolicos 11 Cuarta planta को हलमा  आयोजना  गरिएको  थियो ।  संस्थाका  संरक्षक  रामकृष्ण  पुडासैनीको संरक्षकत्वमा  संस्थाकी  अध्यक्ष श्री शारदा पौडेल सापकोटा ले  कार्यक्रमको अध्यक्षता गर्नूभएको थियो भने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले पठाउनु भएको शुभकामना सन्देश संस्थाकी सचिव पार्वती ओलीले पढेर सुनाउनु भएको थियो । 

      उक्त कार्यक्रममा प्रमुख अतिथि श्री एकराज गिरी ( DRC europe NRNA ) विशेष अतिथि चिन्तामणी सापकोटा ( अध्यक्ष एन आर एन ए ) हुनुहुन्थ्यो भने अतिथिहरुमा रोशन पाठक ( निवर्तमान अध्यक्ष एन आर एन ए  म्याड्रिड ) मेघनाथ ढकाल ( उपाध्यक्ष एनआर एन ए म्याड्रिड )  प्रदिप ढकाल  ( सदस्य एन आर एन ए  म्याड्रिड ) र गंगादेवी शर्मा ( भूतपूर्व  आई सी सी महिला फोरम ) हुनुहुन्थ्यो । 

        उक्त कार्यक्रममा अतिथिहरुलाई संस्थाकी सचिव श्री पार्वती ओली र  सदस्य श्री मन्दिरा कार्कीले दोसल्ला ओढाएर सम्मान गर्नूभएको थियो । 
  यसैगरी संस्थाकी सचिव श्री पार्वती ओली ज्यूले स्वागत भाषण गर्नूभएको थियो भने कार्यक्रमको संचालन संस्थाका संरक्षक रामकृष्ण पुडासैनीले गर्नूभएको थियो । 
     साथै कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले स्पेनमा नेपाली साहित्य समाज स्थापना भएकोमा खुशी व्यक्त गर्दै यसलाई अगाडि बढाउनका लागि अन्य देशका साहित्य संस्थाका व्यक्तित्वहरुसँग सम्पर्क गराउन पहल गर्ने र आफ्नो तर्फबाट पनि संस्थालाई आवश्यक सल्लाह सुझाब दिन पछि नपर्ने कुरा  बताउनुभयो । त्यसैगरी सभाका विशेष अतिथि तथा एन आर एन ए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेन  र एन आर एन ए स्पेन बीच हातेमालो गरेर अगाडि बढ्ने कुरामा जोड दिँदै नेपाली साहित्य संस्थाले गर्ने जुनसुकै कार्यक्रममा पनि एन आर एन ए  स्पेन सधैँ सहयोग गर्ने चाहने कुरा प्रष्ट पार्नूभयो । 
                   कार्यक्रममा एन आर एन ए म्याड्रिडका उपाध्यक्ष मेघनाथ ढकाल र भूतपूर्व आई सी सी सदस्य  गंगादेवी शर्माले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विविध कारणले उपस्थित हुन नसके पनि संस्थाका बिशिस्ट सल्लाहकार ओमर बहादुर गुरुङ ,  ( बार्सिलोना ) संस्थाका उपाध्यक्ष अर्जून आचार्य ( पाइस भास्को )  संस्थाका सदस्य तुलसी गुरुङ ( पाइस भास्को ) संस्थाका सदस्य  श्रीभक्त  पौडेल 'आफन्त' ( आलिकान्ते ) ले कार्यक्रम सफलताको कामना व्यक्त गर्दै सन्देश पठाउनु भएको थियो । 
   यसैगरी संस्थाका मिडिया कोअर्डिनेटर भोला लामिछाने र वसन्त रानाभाटले पनि कार्यक्रम सफलताको कामना  गर्दै सन्देश पठाउनु भएको थियो । 

        रचना वाचन कार्यक्रममा संस्थाका विशिष्ट सल्लाहकार ओमर बहादुर गरुङले पठाउनु भएको " मेरो गाउँ , राम्जा चित्रे शिर्षकको सुन्दर कवितालाई संस्थाकी अध्यक्ष शारदा पौडेल सापकोटाले वाचन गरेर सुनाउनुभएको थियो ।  यसैगरी उपस्थित हुन नसकेपनि आफ्ना कविता र गजलहरु पठाएर श्रीभक्त पोडेल " आफन्त " ले कार्यक्रममा   महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँका दुई गजलहरु (एक बहर र एक गैर बहर) संस्थाका सल्लाहकार श्री रोशन पाठक ज्यूले र संस्थाका  संरक्षक श्री रामकृष्ण पुडासैनीले वाचन गरेर सुनाउनुभएको थियो भने उहाँ कै कविता 'मिल्छ भने नआईज ए! नयाँं बर्ष'  अध्यक्ष शारदा पौडेल सापकोटाले वाचन गर्नूभएको थियो । 
      यसैगरी कार्यक्रममा रामकृष्ण पुडासैनी  , प्रदीप ढकाल , गंगादेवी शर्मा , शारदा पौडेल सापकोटाले पनि आफ्ना रचनाहरु सुनाउनुभएको थियो । 
            अन्त्यमा कार्यक्रमकि अध्यक्ष शारदा पौडेल सापकोटाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेन एउटा विशुद्ध साहित्यिक संस्था भएको जानकारी दिनुभयो । कार्यक्रम संचालन गर्नका लागि आफ्नो समितिको ठूलो योगदान भएको बताउँदै  उहाँले संस्थाका सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुको नामावली समेत प्रस्तुत गर्नुभएको थियो । जसमध्ये 
संरक्षक --- रामकृष्ण पुडासैनी  (म्याड्रिड)
अध्यक्ष --- शारदा पौडेल ( म्याड्रिड(
उपाध्यक्ष ---  अर्जुन  आचार्य ( पाइसभास्को )
 सचिव --- पार्वती  ओली ( म्याड्रिड )
 कोषाध्यक्ष --- सविना पौडेल ( म्याड्रिड) 

सदस्य

श्री तुलसी गुरुङ ( पाइसभास्को )
 श्री  जगन्नाथ डाँडा कटेरी ( म्याड्रिड) 
श्री मन्दिरा कार्की ( म्याड्रीड )
 श्री श्रीभक्त पौडेल " आफन्त" ( आलिकान्ते )

 विशिष्ट सल्लाहकार 

श्री ओमर बहादुर गुरुङ ( बार्सिलोना)

सल्लाहकार 

श्री रोशन पाठक( म्याड्रिड(
श्री लता पौडेल ( म्याड्रिड ) 

मिडिया कोअर्डिनेटर

भोला लामिछाने ( बार्सिलोना
 वसन्त रानाभाट ( बार्सिलोना )

     यसैगरी आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्दै जाने जानाकरी दिँदै उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुका साथमा  उपस्थित हुन  नसकि कार्यक्रम सफलताको कामना गर्दै सन्देश पठाउने  सम्पूर्ण  पदाधिकारीहरुलाई पनि विशेष  आभार व्यक्त गर्दै  कार्यक्रमको समापन गर्नुभएको थियो ।
     

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...