Wednesday, February 7, 2018

आफन्तको एक गजल

उनको छाया पछ्याउंदै, जुनेलीमा धाएं कति
कबिता लेख्दै सच्याउंदै, उजेलीमा गाएं कति

नजरको त्यो ईशाराले, बोलाउंदा कैयौं पल्ट
उल्टो पाइला लज्जाउंदै,गोधुलीमा आएं कति 

झम्के साँझमा बिदाईको,सपनीमा भेट्ने बाचा
निदरी लाई छक्याउंदै, अन्धेरीमा छाएं कति

दुनियाँका ति आँखाछल्दै,बोकी ल्यायौ प्यारहरु
बाधा अड्चन लत्याउंदै, अन्जूलीमा खाएं कति

कहिले उड्यौ आकाशमा,बादलुका छाती भित्र
नदी सागर लट्ठ्याउंदै, बहेलीमा पाएं कति !! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...