Monday, February 12, 2018

गजल: चांदले सताउँछ भनि !!


महशुस हुँदैछ आज, रातले सताउँछ भनि
सोचेकै रहेनछु मैले, यादले सताउँछ भनि !!

छोडेको थिएँ पिउन, भुलेँ मधुशालाका बाटा
थाहै थिएन मलाई त्यै, मातले सताउँछ भनि !!

कच्चा रहेछु म प्रेममा, जवानी बित्यो ख्यालमा
बेहोशीमा गरेका तिनै, बातले सताउँछ भनि !!

सोच्नु पर्ने थियो परन्तु, सोचिन कहिल्यै सायद 
मलाई झैँ उस्लाई मेरै, घातले सताउँछ भनि !!

चस्किन्छ छाती झस्किन्छु म, कसलाई सुनाउँ कथा
छैन विश्वाश पुर्णिमाका, चांदले सताउँछ भनि !!  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...