Tuesday, February 20, 2018

गजल

सोच्दासोच्दै बिहान भै'सकेछ 
चाहानाको चिहान भै'सकेछ !!

सग्लाथिए मेरा हर सपनाहरु  
देख्छु सप्नाकै चिरान भैसकेछ !!

दखल अन्दाज समयकै खेल 
अचानो पो सिरान भै'सकेछ !!

बिक्रिमा राखेको यो जिन्दगी 
पत्तै भएन लिलाम भै'सकेछ !! 

घाईते थिएँ म बेहोशीमा अझै 
घाऊहरुको निदान भैसकेछ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...