Wednesday, February 14, 2018

song for Pradip



ए कान्छी! चिसो हावाले.. कान्छी.... चिसो हावाले
मलाई लोभ्यायो, तिम्रो मायाले - २

ए कान्छी ! चिसो हावाले .. कान्छी .... चिसो हावाले   
मलाई डोर्यायो, तिम्रो छायाले - २

सररर.... हावा चल्यो मुटु नै बिझाउने
अझै पनि याद आउँछ तिम्रो मुहार
चाल नपाई रिसाउने

ए कान्छी ! मिठो बोलिले .. कान्छी .... मिठो बोलिले
मलाई लोभ्यायो, ढाका चोलिले - २

ए कान्छी! यो कस्तो रहरले .. कान्छी ... यो कस्तो रहरले
मलाई लठ्यायो, पापी नजरले - २ 

लललल.... देउरालीको उकाली बाटो
मिली फुकाऔँ सानु
हाम्रो पिरतीको गाँठो

ए कान्छी! चिसो हावाले.. कान्छी.... चिसो हावाले
मलाई लोभ्यायो, तिम्रो मायाले - २

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...