Tuesday, February 20, 2018

गजल


म त अल'पत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला !!
(मतला रेबिका जि)

खै के भयो भयो सानु हिजोआज मलाई
थाहै हुन्न केके गर्छु तिमी नभएको बेला !!

दिवा-स्वप्नहरुले पनि सताईरहेकानै हुन्छन्
माथिपुग्छु झसँङ्ग झर्छु तिमी नभएको बेला !!

सङ्गिनीले कुरा काट्छन्न मेलापात पँधेरोमा
भरिएका गाग्री भर्छु तिमी नभएको बेला !!

भन न 'सानु, मलाई के यही माया हो ?
आफ्नै छायासङ्ग डर्छु तिमी नभएको बेला !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...