Monday, February 12, 2018

भिन्न गजल


कहिले आगो, कहिले धुवाँ, कहिले खरानी बनेर 

मायाको ठेकी, मायाकै नेती, कहिले मदानी बनेर !!

छुवाई मिठा, रुवाई मिठा, मिठा हर सपनीहरु 
धुक् धुकिमा, ढुक् ढुकिमा, कहिले परानी बनेर !!

कबितामा छौ, गजलमा छौ, छौ हरेक् नजरहरुमा
आउंछ्यौ तिमी, छाउँछ्यौ तिमी, कहिले रुमानी बनेर !!   

शुशेलीहरुमा, सुस्केराहरुमा, थकान् मेट्ने चौतारीमा 
देउरालीमा, भेटिन्छ्यौ सानु, कहिले जमानी बनेर !!

बिहानी निशा, सन्ध्याका लाली, रातका चार् प्रहरमा 
कहिले बाल, कहिले प्रौढ, कहिले जवानी बनेर !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...