Monday, February 12, 2018

भिन्न गजल


कहिले आगो, कहिले धुवाँ, कहिले खरानी बनेर 

मायाको ठेकी, मायाकै नेती, कहिले मदानी बनेर !!

छुवाई मिठा, रुवाई मिठा, मिठा हर सपनीहरु 
धुक् धुकिमा, ढुक् ढुकिमा, कहिले परानी बनेर !!

कबितामा छौ, गजलमा छौ, छौ हरेक् नजरहरुमा
आउंछ्यौ तिमी, छाउँछ्यौ तिमी, कहिले रुमानी बनेर !!   

शुशेलीहरुमा, सुस्केराहरुमा, थकान् मेट्ने चौतारीमा 
देउरालीमा, भेटिन्छ्यौ सानु, कहिले जमानी बनेर !!

बिहानी निशा, सन्ध्याका लाली, रातका चार् प्रहरमा 
कहिले बाल, कहिले प्रौढ, कहिले जवानी बनेर !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...