Saturday, February 17, 2018

यो कस्तो मिठो आभाश हो

यो कस्तो अनौठो परिबेश हो
यो कस्तो मिठो आभाश हो 
जो छैन साथमा
उसैको एहशास भो,
उसैको आगमन,
उसैको स्पर्श 
नितान्त खुलै छन्,मेरा नयनहरु
न उ आएको देख्छु
न उ फर्किएको नै
र पनि चुपचाप सुनिरहेको हुन्छु
उनैका पदचापहरु,
खै यो कस्तो अनुभुति हो?
बिना हावा सुवास छरिन्छन्
शरीरमा काउकुती लाग्छ!
म अनि मेरो एक्लोपनलाई
जिस्काउँछ अनौठा सर्सराहटहरुले
यद्ध्यपी, यी मेरा सपना भने होइनन् !
फूलहरुले शुसेल्न थाल्छन्
जुनेलीले गुनगुनाउन
म मा उन्माद जागेर आउँछ
नपिएरै पनि मात मातेर आउँछ
मन मतमताएर आउँछ!
एति मात्र हो र साथी
भिडमा एक्लो र
एक्लोमा भिडको महशुस हुन्छ!
नकाबी मायालुहरुले छुन खोज्छन्
बेनामी प्रेमपत्रका खात लाग्छन्
भनिहालें नि
ब्युँझन मन नलाग्ने सपनाहरु
रात झनै छोटा लाग्छन्
न याद न परिकल्पना
र पनि म हराएको हुन्छु
एक्लैएक्लै मुस्कुराइरहेको हुन्छु 
के यो पगलपन हो?
होईन, यो आवारापन पनि त होईन
आखिर के हो,
किन यस्ता अनुभुतिले
चिमोटिरहेका हुन्छन् त मलाई?
कोमल चुट्किहरुले
निमोठिरहेका हुन्छन्
दुख्दैन कत्ति पनि कतै पनि
फुरुङ्ग छु म
पिन्जडा भित्रका
स्वतन्त्रताको आभासमा हुन्छु !
यो कस्तो अनौठो परिबेश हो
यो कस्तो मिठो आभाश हो 
-------------
फाल्गुण ५, २०७४ शनिबार
पेर्सेओ काइीए ५१
आल्बिर, स्पेन, 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...