Sunday, February 18, 2018

गजल बर्बाद छन् म सङ्ग

गजल
------

टाढा छ्यौ र पो याद छन् म सङ्ग 
यादैयादका यी सौगात छन् म सङ्ग !! 

खुशीका रङ्गहरु पिरतीका बादलमा 
अबोध प्रेमका बर्षात छन् म सङ्ग !!

सम्हाली नसक्नु भो छचल्किए यौवन 
उफ्!जवानीका उन्माद छन् म सँग !!

प्रेमका कबिता प्रेमकै मनोबादहरु  
स्वपनिल सु'हागरात छन् म सङ्ग !!

ओई के भो तँलाई सोध्दैछन् सखे 
सायद् मेरै नै बर्बाद छन् म सङ्ग !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...