Thursday, February 15, 2018

ए! कबिहरु हो!


----------
ए कबिहरु हो!
मलिन ति ताराहरुको पनि त,
गीत लेखे हुन्थ्यो
पुर्णिमाको बयानमा मात्र,
कति कबिता लेख्छौ ? 
सधैं फक्रिएका गुलाबका मात्र
कति तारिफ गर्छौ?
यी घोच्ने तिखा बिषालु काँडामा,
प्रित देखे हुन्थ्यो
आखिर किन?
यती धेरै मतलबी हुन्छौ,
फूलका कालिनले
कसलाई पुगेको छ र यहाँ?
मान्छे काँडामा बिस्तारा लगाउन थालिसके
किन देख्दैनौ ए! कबिहरु हो?
नजर बिषालु, सोच बिषालु
निलिए बोलिका मिठास
भने अझै
फूल र चन्द्रमाको मात्र गीत लेख्छौ? 
उही नक्कले पिरतीका गीत लेख्छौ? 
यहाँ त प्रेम नै हरायो
जहाँं माया रोपिन्थ्यो वहिं
तिरस्कार उम्रिए
जहाँं विश्वाश हुर्किन्थे वहिं
अन्तरघात हुर्किए भने
अझै थाकेका छैनौ
कल्पनाका कबिता कोरेर?
ए कबिहरु हो!
छोडिदेउ क्रान्तिका कबिता कोर्न
क्रान्ति कसले चाहेको रहेछ र यहाँ?
आखिर चाहेका त सबैले
शक्ति नै त रहेछन् नि!
परिवर्तनका बिगुल फुक्ने
ए कबिहरु हो!
देख्यौ परिवर्तन के रहेछ?
पाप लाग्लान्
तिम्रा कलमका निबहरुलाई पनि अब
छोडिदेउ वाईघातका कबिता कोर्न
बिर्सिदेउ अब तिमीले नै
कि कलममा ताकत हुन्छ
कलममा बिद्रोह हुन्छ
कलममा क्रान्ति हुन्छ!
देख्दैनौ?
काला कोटहरुले नै
कलमका बलत्कार गरेका
त्यसैले त,
यो आफन्त चिच्याउँछ     
ए कबिहरु हो
छोडिदेउ नरमबादमा कबिता कोर्न
त्यागिदेउ क्रान्तिका कलमहरु
लत्याइदेउ तिम्रा बिचार 
फूल र चन्द्रमाका कबिता कोर्न !





No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...