Thursday, February 22, 2018

के भन्ने खै

के भन्ने खै हिजोआज
अनेकौं सपनीहरुमा
लासहरु आएर मलाई
जिन्दगी के हो पढाउन खोज्छन्,
जब म जिवित मुर्दा बनेको हुन्छु
स्मसानहरुमा
काँडाहरुले प्यारको कबिता सुनाउँछन् 
अन्धेरा रातहरुमा
म आँफै पनि पुर्णिमाको गीत गुनगुनाउँछु
के भन्ने खै
सूनामीले शान्त सागरका रूमानी लेख भन्छन्
दुश्मनहरु दुश्मनी बिर्सिएर गूलाब दिन्छन्
आखिर के हुँदैछ?
म र मेरा परिवेशहरुमा
हावाले धुवाँ देखिस् भनि सोध्दैछ
धुवाँले मुश्लो अनि
अनि मुश्लो चिच्याउँछ
कतै लास त देखिनस?
आखिर म पनि त
एेना बनिसकेको रहेछु
जो जो आउँछ जे जे  आउंछन्
म उसैको प्रिय पात्र जस्तै
बनि सकेको रहेछु!
प्यारमा हारेको म
जून शहरमा मान्छे
मनभरी खोट बोकेर प्यार दर्साउँछ
अमूल्य प्यारलाई ब्यापार
सायद् त्यसैले होला
अभ्यस्त मेरा हर सपनाहरुमा
प्रेम कहिल्यै देखा पर्दैनन्
पर्छन् त केवल
प्रेम अनि जिन्दगी सँग नै
थकित मुर्दाहरु !
म झनै मुर्छित हुन्छु
सायद् खुशीले
जब गोरेटाका पत्थरहरु नै
मलाई बोलाएर भन्न् थालछन्
कि श्री सम्हालिएर चाल तेरा पाईलाहरु
भ्रमित हुन्छु म
असमन्जस्यमा पर्छु !
 


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...