Sunday, February 18, 2018

गजल कश्मकश

कसैका ती आँखाका रस, पिउने बानी परेछ
के भनुँ म अरु खै! बस, पिउने बानी परेछ !!

मधुर टिलपिल् तारा,, चन्द्रमा देख्न थालेपछि
मिठा जहर कश्म'कश,, पिउने बानी परेछ !!

जब चल्न थाले यिनै, अस्थिर मेरा कदमहरु
जमघटमा समेत् लसपस, पिउने बानी परेछ !!

एकै बसाईमा उनका, यी तस्बिर कोरिन्छन्
उही सौन्दर्यता टस'मस, पिउने बानी परेछ !!

जती बयान गरेँ गरेँ, नपिउने नै को छ र
नभन्नु श्री'लाई सोमरस, पिउने बानी परेछ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...