Monday, February 19, 2018

गीत / गजल

जति म गहिराईमा डुबें प्यार भेटें मैले
फरक यात्रा फरक गन्तब्य यार भेटें मैले !!

थाहाथिएन जिन्दगी एती सुन्दर हुन्छ भन्ने
यीनै पतझढहरुमा आज बहार भेटें मैले !!

सोच्थें सधैंं यो दुनियाँ साँघुरो गल्ली रहेछ 
तर मन जस्तै फराकिलो संसार भेटें मैले !!

सिक्दै थिएँ डुबुल्की मार्न ताल-तलैयामा
मझधारहरुमा नै अहिले जँघार भेटें मैले !!

न फर्कन सक्छ आफन्त न अघि बढ्न
आँफैलाई लाजलाग्ने दो'धार भेटें मैले !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...