Saturday, February 17, 2018

बन्धक छु म,

हो बन्धक छु म आज,
हिजो पनि त बन्धक नै थिएँ 
निला खुला आकाशको तल
समयका पर्खाल भित्र
पर्खाल बाहिर पनि
परन्तु,
स्वतन्त्रताको अड्कल बाजिमा
रमाई रहेको हुन्छु म हर पल
वरिपरि म देख्छु
म जस्तै लाखौं अनुहारहरु
जो निस्फिक्री उँडेको घमन्ड गर्छन्
तर के थाहा यिनीहरुलाई?
सिमित परिधि भित्र
कति कुन्ठित र जकडिएका छन् भन्ने कुरा,
न पाइला अधिनमा छन्
न मन स्वाधिनमा नै
तैपनि बिवश छु म
नितान्त एक पात्र जस्तै
उठ र बसको आदेशमा 
कि म पनि खुला आकाशमा
फुरुरु उड्न सकुँ
तर,
वास्तविकता त्यो छैन यहाँ
मेरा पखेंटा काटिएका छन्
पिंजडा बाहिर छु
र पनि उड्न सक्दिन,
किन कि बन्धक छु म,
बन्धक बनाईएको छु 
मानबताको अलिकती छिटाले
गास बास र कपासले भरिपूर्ण छु
तर खट्किरहेको छ
एउटा छुट्टै आभाश
स्वतन्त्रता र उन्माद सहित् 
जिन्दगीको,,
बन्धक छु म,
थाहा छैन कहिले सम्म ?
म यो खुला तर बन्द
भग्नाबेशहरुमा रुमल्ली रहेको छु,
हारेको छैन जमर्को गर्न
तोड्न सारा बन्धनहरु!!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...