Wednesday, February 21, 2018

Req edit song

बिश्वाश थिएन मलाई ति कदम उल्टो चल्लान् भनेर
एक पटक पनि सोचिनौ दुनियाले के भन्लान् भनेर

कैयौ जंघार त संङ्गै संङ्गै तरेका थियौं हामीले भने
सोचेको थिइन तिनै हातले खाडल खन्लान् भनेर

अति ठूलो भरोषाको महल बनाउंदै थिएं म तर
रंङ्गिन रंङ्गहरुको बदलामा मोसो दल्लान् भनेर

फक्रंदै थियो बगानमा एउटा मात्र 'लाल गूल़ाब'
त्यहि गूलाबको बोटमा अब आगो बल्लान् भनेर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...