Sunday, February 11, 2018

req edit

भूल त भन्यौ तर भूल्न सकिन रातभर
साँझ मै झरेँ सानु फूल्न सकिन रातभर

सजिला नै थिए हरेक माहोलहरु त्यहाँ
परन्तु त्यो माहोलमा घुल्न सकिन रातभर 

त्यो सुन्दरतामा बेहोशी रहेछु त्यसैले म
हरेक प्यालाहरुमा झूल्न सकिन रातभर

दबाएर राखें, मनका चाहनाहरु सबै
साथमा थियौ रपनि,खुल्न सकिन रातभर

स्वतन्त्र छ र थियो आफन्त सधैं सधैं 
मधुर बत्तिहरुमा डुल्न सकिन रातभर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...