Wednesday, August 14, 2019

जति फराकिलो हुनुपर्ने, आकाश भएन !!


भन्दै'थियौ, मेरो मायाको आभाष भएन
सोध्छु तिमीलाई नै किन'एहशास' भएन ?!!

रहर मलाई पनि थियो, तस्बिर सजाउने
टुटेका आधार सजाउने, क्यान्भास भएन !!

सकिए जोवन सायद,यो एेना त्यसै भन्छ
लुटिएका यौवन फर्किने, कत्तिआस भएन !!

विश्वाश त दिलाएकै थिएँ, र पनि यहाँ
प्रतिफल मायाको, कहिल्यै खास भएन !!

साँघुरीए सोच, बदलिए हरेक चाहनाहरु
जति फराकिलो हुनुपर्ने, आकाश भएन !!

Monday, August 12, 2019

उड्यो जहाज, सिङ्गापुरमा ओर्लियो

भेटिन्छ लाखौं झुट, यहाँ सरकारको
जहिं-तहीं ब्रम्हलुट, यहाँ सरकारको

त्यो उखुबारीमा, कानुन नङ्ग्याईयो
महिमलाई छ छुट, यहाँ सरकारको

डन्का पिटियो, ठुलै परिवर्तन आयो
बोल्नेले भेटे बुट, यहाँ सरकारको

'लोभि र पापीको', सम्बन्ध सुध्रियो
सहमतिमा बन्यो गुट यहाँ सरकारको

घर लग्यो पहिरोले, भाषणका राहत
पिउनु छ अब घुट, यहाँ सरकारको 

कहिले शासु, कहिले बुहारीको पालो
हुँदैन कि पक्कै फुट, यहाँ सरकारको

उड्यो जहाज, सिङ्गापुरमा ओर्लियो
हेर्नुस् न मात्र लुट,यहाँ सरकारको

Sunday, August 11, 2019

थाहा भएन

कसोरी सक्यौ नि, भूल्न थाहा भएन
बिर्सियौ यो याममा फूल्न थाहा भएन!!

न यादका गीत न सम्झनाका झटारा
कहिं त गयौ खै, खुल्न थाहा भएन !!

नसोध्नु थियो सोध्यौ मेरा गन्तब्यहरु
छोड्यौ सङ्ग'सङ्गै डुल्न थाहा भएन !!

सिकायौ हांस्न, खुशी हुन जीवनमा
अनी किन अन्तै झुल्यौ थाहा भएन!!

स्विकार्य छन् नियतीका खेलहरु अब
कुन कुन रङ्गसङ्ग घुल्यौ थाहा भएन!!

Saturday, August 10, 2019

गाईजात्रा बिशेष

यी दल हुन् कि दलाल उस्तै लाग्छन्
हेर्दा सरकारका कमाल उस्तै लाग्छन् !!

कसलाई के भन्नु र खै नेपालमा अब
युवाका दारी र कपाल उस्तै लाग्छन् !!

बहुलाउछ नेता माईक देख्नैहुँदैन क्यार्नु 
नगरबधु र नेताका धमाल उस्तै लाग्छन्!!

आधा जनसंख्या मिडिया सम्हाल्दै यहाँ   
सोध्ने पत्रकारका सवाल उस्तै लाग्छन् !!

ढाक्दैन लाज मुखका लङौटीले साथी
हेर्नुस् फरिया र रुमाल उस्तै लाग्छन् !!

र कस्तो बैमन्स्यता थप्यो यहाँ राजनीतिले
रगत देख्दा ढकाल र हमाल उस्तै लाग्छन् !!

Thursday, August 8, 2019

थप्दैजाऊ तिमीअझै, बदनामको नशा !!

कहिले नजर त, कहिले जामको नशा
थप्दैजाऊ तिमीअझै, बदनामको नशा !!

लाग्दैन डर, न धक लाग्छ हिजोआज 
पिउँदैछु हेर यहाँ, खुलेआमको नशा !!

भन्छन् जिन्दगी नै नशा हो, पिउनेहरु
देखाउ भेटिन्छ कहाँं? हरसामको नशा !!

निश्ठुरीहरु हुन्, मझधारमा छोडीजाने
रित्याई बगली सारा, छलछामको नशा !!

खै त भेट्दिन म मात, जति  पिए पनि
उसलाई चढिसक्यो, मोहरदामको नशा !!

Monday, August 5, 2019

यो देश देश नै होईन, चिहान लाग्दैछ ।

किन कि यहाँ 'जिन्दगी, मशान लाग्दैछ
केबल मृत्‍यु जिन्दगीको, निदान लाग्दैछ ।।

मुर्कुट्टाहरुको नै राज, भगवानको देशमा 
यो देश देश नै होईन, चिहान लाग्दैछ ।।

शंखघोस् गरुँ झैं लाग्छ, एक युद्धको
गोली र बारुद रातमा, शिरान लाग्दैछ ।।

लुटिए स्वतन्त्रता, स्वतन्त्रताकै नाममा आज
त्यसैले त जन्मभूमी पनि, बिरान लाग्दैछ ।।

निभाउँछन् आशाका दिया,निराशाका हुरीले
क्षितिजका सुभ सन्केतले, बिहान लाग्दैछ ।। 

मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

कहिले आसुँ मिल्दैन कहिले, हाँसो मिल्दैन
मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

न मुखमा राम, न देखिन्छन् मनका भगवान
झुटको साहारामा छ दुनियाँ, साँचो मिल्दैन ।।

भरिपूर्ण छन् सपनाका भकारी, रित्तो संसार
अभाबको बाढी पहिरो मात्र, खाँचो मिल्दैन ।।   

ब्रिद्धा आश्रम खोल्छ छोरो, परिवार चिन्दैन
पाकेको पकवानका के कुरा, काँचो मिल्दैन ।।

झिलमील् छन् शहर, रङ्गबिरङ्गी गुडियाहरु
आफन्तलाई दिने कुनै सानो, नासो मिल्दैन ।।   

Saturday, August 3, 2019

खै कस्तो नशा बन्यो, पिउँदै छु म

न कुनै पिउने बाहाना भेटियो आज 
न मनका एक चाहना मेटियो आज

खै कस्तो नशा बन्यो, पिउँदै छु म  
मात्र दकसमा, सकस फेटियो आज 

हुर्काउन सकिन मैले, प्रेमका बिरुवा 
त्यसैले प्रितका कोपिला रेटियो आज 

हलचल छ मन, चन्चल छ मन उसै 
हैन यो कस्तो जमिनमा टेकियो आज

बिर्सिएको थिएँ, भूलेको थिएँ उनलाई 
अहो एक्कासी उसैलाई देखियो आज 

प्रेमिल सम्मोहनमा नजरका मात प्यारो थियो ।।

कहिले उनका कुरा कहिले रात प्यारो थियो
प्रेमिल सम्मोहनमा नजरका मात प्यारो थियो ।।

लाज लाग्छ सम्झदा पनि हिजोका अतितहरु
कसिलो आलिङ्गनमा कोमल हात प्यारो थियो ।।

बिर्सिए पनि बिर्सीनसक्नु खै कस्तो मादकता
वहीँ मादकताभित्र हराएका बात प्यारो थियो ।।

फूलका डालीहरुमा पुतलीले डेरा जमाए नि
शुशेली चिप्लेटी खेल्न चोखो पात प्यारो थियो ।।

प्रतिक्ष्यामा दिन बित्थे साँझमा मनकी पाहुना
चारै प्रहर अनिदा र पनि साथ प्यारो थियो ।।

पुरानै डायरी बाट
fb posted 

Thursday, August 1, 2019

मुटु दुखेको थियो मलम पठायौ


मुटु दुखेको थियो मलम पठायौ
कविता लेख भनी कलम पठायौ

बुझ्नै सकिन तिम्रो मनलाई सायद्
कहिले घाऊ कहिले जलन पठायौ

अनबिज्ञ रहेछु पढ्न तिम्रा प्रेमपत्र 
शब्दहरु नै ठोस् र तरल पठायौ 

स्पर्श बिहिन प्रितका अनुभूतिहरुमा 
रमाउनु नै पर्ने कस्तो चलन पठायौ 

केही त बोल भनेको थिएं केबल 
मिठो ईशारामा यो गजल पठायौ

pic of FB friend 

यदी यो जिन्दगी,

यदी यो जिन्दगी, 
किताब हुन्थ्यो भने 
हरेक दिन प्रेमका पन्ना हुन्थे  
हरेकले आँफैलाई पढ्थे 
जिउने अनेकौं अभिलाषा 
मुस्कुराउने तमन्ना हुन्थे।। 

यदी यो जिन्दगी 
कविता हुन्थ्यो भने 
मिठो सागर मिठै भाब हुन्थे                                                                                          कल्पना आचार्य पौडेल
जीवनकै अनुभुति पिउंथे 
कविता त सिङ्गो आयाम 
मानब मानब बिच सद्धभाव हुन्थे।। 

यदी यो जिन्दगी 
मधुशाला हुन्थ्यो भने 
चौबिसै घन्टाका रात हुन्थे
जून तारा सदा आकाशमा  
हरेक सुकुनका प्रहरहरु
सत्य बचन मिठा बात हुन्थे।।

यदी यो जिन्दगी 
नशा हुन्थ्यो भने 
पलपलमा क्षणिक राहत हुन्थे 
खुशी हुनेका लाखौं बाहानाहरु 
जे जति हुन्थे सास्वत हुन्थे।।

यदी यो जिन्दगी 
नदी हुन्थ्यो भने 
हरेक बहाबमा सागर हुन्थे  
शिपी शिपी भित्रका मोतिहरु
त्यही मोति टिप्ने जागर हुन्थे।।     

------
उड्नेछु एकदिन तारा टिप्नेछु 
एकएक गरी म सारा टिप्नेछु ।। 

छोडेर यी लालाबाला गुँडमा 
धर्तिमा फलेका चारा टिप्नेछु ।। 

नदी बग्यो सागर भेट्न् उसै 

प्यासी छन् जग धारा टिप्नेछु ।। 



    


जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...