Thursday, August 1, 2019

यदी यो जिन्दगी,

यदी यो जिन्दगी, 
किताब हुन्थ्यो भने 
हरेक दिन प्रेमका पन्ना हुन्थे  
हरेकले आँफैलाई पढ्थे 
जिउने अनेकौं अभिलाषा 
मुस्कुराउने तमन्ना हुन्थे।। 

यदी यो जिन्दगी 
कविता हुन्थ्यो भने 
मिठो सागर मिठै भाब हुन्थे                                                                                          कल्पना आचार्य पौडेल
जीवनकै अनुभुति पिउंथे 
कविता त सिङ्गो आयाम 
मानब मानब बिच सद्धभाव हुन्थे।। 

यदी यो जिन्दगी 
मधुशाला हुन्थ्यो भने 
चौबिसै घन्टाका रात हुन्थे
जून तारा सदा आकाशमा  
हरेक सुकुनका प्रहरहरु
सत्य बचन मिठा बात हुन्थे।।

यदी यो जिन्दगी 
नशा हुन्थ्यो भने 
पलपलमा क्षणिक राहत हुन्थे 
खुशी हुनेका लाखौं बाहानाहरु 
जे जति हुन्थे सास्वत हुन्थे।।

यदी यो जिन्दगी 
नदी हुन्थ्यो भने 
हरेक बहाबमा सागर हुन्थे  
शिपी शिपी भित्रका मोतिहरु
त्यही मोति टिप्ने जागर हुन्थे।।     

------
उड्नेछु एकदिन तारा टिप्नेछु 
एकएक गरी म सारा टिप्नेछु ।। 

छोडेर यी लालाबाला गुँडमा 
धर्तिमा फलेका चारा टिप्नेछु ।। 

नदी बग्यो सागर भेट्न् उसै 

प्यासी छन् जग धारा टिप्नेछु ।। 



    


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...