Monday, August 5, 2019

मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

कहिले आसुँ मिल्दैन कहिले, हाँसो मिल्दैन
मर्छु भो बाँच्दिन भन्दा यहाँ, पासो मिल्दैन ।।

न मुखमा राम, न देखिन्छन् मनका भगवान
झुटको साहारामा छ दुनियाँ, साँचो मिल्दैन ।।

भरिपूर्ण छन् सपनाका भकारी, रित्तो संसार
अभाबको बाढी पहिरो मात्र, खाँचो मिल्दैन ।।   

ब्रिद्धा आश्रम खोल्छ छोरो, परिवार चिन्दैन
पाकेको पकवानका के कुरा, काँचो मिल्दैन ।।

झिलमील् छन् शहर, रङ्गबिरङ्गी गुडियाहरु
आफन्तलाई दिने कुनै सानो, नासो मिल्दैन ।।   

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...