Thursday, September 12, 2019

सधैं छचल्किने, बैशालु प्याला उनका

छुँ छुँ लाग्ने, गूलाबी गाला उनका
सङ्गै हिँडु, सराबी चाला उनका 

कस्तो कशिस, उफ् त्यो मुहारमा 
अझै मोहकी, गाजल काला उनका

लुकाएकी छन् चाह, मनका दराजमा
कहाँँ होलान्?, चाबी र ताला उनका

सृङ्गार उनको मुस्कान, टिकी त्यो जून 
हेरिरहुँ लाग्ने, गलाका माला उनका

नपिएरै बेहोशी, पिए के हुन्छ कुन्नि
सधैं छचल्किने, बैशालु प्याला उनका

तिम्रा आसुँ पुच्छु भन्ने, यहाँ हजार भेटिन्छन्

तिम्रा आसुँ पुच्छु भन्ने, यहाँ हजार भेटिन्छन्
रगतको थाहा छैन, आँशुको बजार भेटिन्छन्

खुनले कोरिएका भेटिए, बेकारका सिमाहरु
उत्खनन् गर तराईमा, अझै पहाड भेटिन्छन्

नजानेर होला सायद, बशन्तमा फूल भेटिएन
भन्दै त थियो साथी, पतझडमा बहार भेटिन्छन्

प्यासी छु म स्वतन्त्रताको, सुख्खा नदिहरुमा
बम बारुद हतियारले भरिएका ईनार भेटिन्छन्

पर्खन्न खोलो फर्कन्न जवानी पर्खिएर बसे पनि
जिन्दगी जस्तै लमतन्न लाग्ने, किनार भेटिन्छन्




गैर बहर गजल

उनलाई छोएको बतासले छुँदा फुरुक्क हुन्छु
किन हो किन, उनी भने पछी हुरुक्क हुन्छु।। 

उमेरले नेटो काटेर, के भयो र ए! मित्र हो
कस्तो नशा अझै तस्बिर देख्दा जुरुक्क हुन्छु।।

न कहिल्यै नजर जुधे न मुस्कुराए ती ओठहरु
यो कस्तो अगाढ् प्रेम एकातर्फी धुरुक्क हुन्छु ।।

कैयौंचोटी बाटो छेकी प्रस्ताब राख्छु भन्दापनि
उनको आगमन सङ्गै, अन्तकतै लुरुक्क हुन्छु ।।
 
छाडेन साथी छाडेन, अझै जवानी उम्लनलाई
रती उन्मुक्तताको रापमा छिट्टै, भुलुक्क हुन्छु ।।


gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...