हिजो एउटा जिन्दगी
सुनसान सड्कमा गुनगुनाईरहेथ्यो
आज देख्दैछु
आफुलाई चिनाउन
भिडमा चिच्याईरहेछ
सोच्दैछु, भोली कहाँ जाला?
एक्लै गुनगुनाउला वा
भिडमा चिच्याईरहला?
सडक एउटा गती अर्को
संघर्ष एउटा प्रगती अर्को
तालमेल नमिलेर
अन्त्यमा ती आवाजहरु
भित्र भित्रै स्वर मच्चाईरहेछ!!