Tuesday, January 24, 2023

कविता

हिजो एउटा जिन्दगी 

सुनसान सड्कमा गुनगुनाईरहेथ्यो


आज देख्दैछु

आफुलाई  चिनाउन 

भिडमा चिच्याईरहेछ


सोच्दैछु, भोली कहाँ जाला? 

एक्लै गुनगुनाउला वा 

भिडमा चिच्याईरहला? 


सडक एउटा गती अर्को

संघर्ष एउटा प्रगती अर्को

तालमेल नमिलेर 

अन्त्यमा ती  आवाजहरु 


भित्र भित्रै स्वर मच्चाईरहेछ!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...