Tuesday, January 24, 2023

उफ् ओठ अनि आँखाका, झुट उस्तै छन्

उफ् ओठ अनि आँखाका, झुट उस्तै छन्           
प्रेमका निहुँमा मन मुटुका, लुट उस्तै छन् !!

बेबारीसे पो भयो जिन्दगी, जिउन नजान्दा          
अगाडी प्याला र परेलीका, घुट उस्तै छन् !     

देउ अनि लैजाउ, व्यापार भो पिरती पनि         
हेर्नुस् हजुर प्रेम बजारमा, छुट उस्तै छन्  !!            

हतार हुन्छ कविलाई नै, बान्की मिलाउन               
के लेख्ला मुना-मदन बिच, फुट उस्तै छन्  !                                           

हैरान छ यो 'आफन्त' पनि, हिजोआज              
देख्दैन कसैले उस्का छातीमा, टुट उस्तै छन् !!

१० माघ, २०७९ 
स्पेन 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...