Thursday, November 5, 2015

ए याम!

ए याम! 
आजभोलि 
पहेंली खसेका
पातलाई के थाहा 
शरद हो कि बसन्त 
खस्नु त नियती नै हो नि !!
दिनका मधुर किरण र
रातका चिसा सित लहरले निथ्रुक्क
भिजेका पातलाई हातमा लिएर सोद्धै थिएं
एक्लिएका पात रिसाएका त छैनौ?
जवाफ पाएं
म एक्लिएको होइन,
तँ मान्छे नै एक्लिएको छस
नपत्याए हेर भुइमा,
तँ एक्लो तर तेरा पाइताला तल
हामी पहेँलिएका पात कति छौं?????

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...