हिजो त्यो मायामा बदनाम भएं म

आज यो नशामा खुलेआम भएं म
भोलि पर्सी थाहा भएन ए साथी हो
त आफ्नै बस्तिमा गुमनाम भएं म
जो सुकैले पढ्नसक्ने खुला तर गोप्य
पढ्ने हो हजुर? बन्दी खाम भएं म
खै कस्तो राज हो यो दुनियाँको लौ
आफन्तिहरुको माझ् बेनाम भएं म
अनर्थ भो स्वाभिमान लुकेको बेला
खै कसोरी किन अभिमान भएं म
No comments:
Post a Comment