Saturday, November 21, 2015

मनमा आज

अर्को पराकम्पन गो, मनमा आज
धेरै नै धरपकड् भो, मनमा आज

स्वागत न सत्कार दिलको आँगनमा
भित्रै बसि´सकेछ पो, मनमा आज

चस्काउंछ छाती उसैले दुखाउंछ मुटु
बसेकोछ लौननि को, मनमा आज

न एेनामा देख्छु, उसको मुहार म
राज नै गरिसक्यो जो, मनमा आज

सपना बिपना, खैला बैला छ छाती
च्व खै को हो को हो, मनमा आज


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...