Tuesday, December 15, 2015

चलन पुरानो

फाली अड्काइ गोरु पिट्ने चलन पुरानो
कस्लाई पोखौं यो छातीको जलन पुरानो !!

स्पर्श नै काँडा लाग्ने चिथोरिए कलेजी नै
निको भएन ब्यर्थै लिएं त्यो मलम पुरानो

न कोइलीले गाए न मजुर् नाचे बनमा
लेख्न खोज्दा मनको बह, कलम पुरानो

भुइँचालो र सुनामी ति थेगे पनि हिजो
अडिएनन् लौ धुरि-खम्बा दलन पुरानो

राधा रुन्छे साँझ एक्लै कृष्ण टाढा भयो
पर्देशमा एक्लै रूने कठै सलिम पुरानो  !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...