Sunday, December 20, 2015

सुनें तिमी त बिरानी भयौ रे

सुनें तिमी त बिरानी भयौ रे
साँच्चै भिजेको सिरानी भयौ रे

अहँ विश्वाश लाग्दैन अझै नि
हर् कोही सँग दिवानी भयौ रे

उफ! यो याद ति पुराना दिन
आज अर्कै'की परानी भयौ रे

प्यास अत्रिप्त कस्तो चाह तिम्रो
साँझ् को सुरुवात् बिहानी भयौ रे


होला दौलत तिमीले चाहेको
आगो त्यसैको खरानी भयौ रे

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...