Sunday, December 20, 2015

उनको याद आयो

परेवाको माकुर सुन्दा, मेरी उनको याद आयो
भुलेको थें रोसनी तारा, फेरी जुनको याद आयो

सारङ्गीको रेटाइ मिठो, मादलुको घिनघिनताङ्मा
गाएका थियौं प्रेम गित् त्यही धुनको याद आयो

सागरले ल्याए हुन्थ्यो ति, तितामिठा सम्झनाहरु
सुदुर् पश्चिम् सँगै घुम्यौं, भेरी पूलको याद आयो


बैना दियौं बैना लियौं, पाल्पाली चोली रुमाल
दुलही झैं सर्माउंदाकी जाली घुमटो याद आयो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...