Wednesday, December 30, 2015

गजल : यस्तै छ पाटो जिन्दगीको

साथी छ लाटो जिन्दगीको
लामो छ बाटो जिन्दगीको

सल्केछ झिल्को छातिमा यो
निभ्दैन आगो जिन्दगीको

थामेर औन्ला भो नछोडे
भेटिन्छ धागो जिन्दगीको

फल्दैन ढुङ्गा खाद'माथी
बेक्कार पाखो जिन्दगीको

सेतो कि कालो भो नसोधौं
यस्तै छ पाटो जिन्दगीको
----------

छन्द - याला
सूत्र -  २२१ २२२  १२२
बिश्राम - ५ अक्षरमा  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...