Tuesday, December 15, 2015

राम रोक्यौ कहाँ

बिहानीको लोभ देखाइ,, घाम रोक्यौ कहाँ
जन्मिन्थे कि कृष्णअर्जुन राम रोक्यौ कहाँ

मानबताको खडेरी भो,, बुद्ध जन्मे जहाँ
चुम्नु पर्ने शिखर थियो लाम रोक्यौ कहाँ

अन्नको भण्डार तराई डान्फे हिमाल नाच्थे
खाली पेट बाला रुन्छन्न् माम रोक्यौ कहाँ

सहिदका रगतले,,,, कोरिएका सिमाना खै
खोज्नुपर्ने भो आफ्नै देश नाम रोक्यौ कहाँ

अनिर्णयको बन्दी सधैं अल्मल्यायौ अंधेरोमा
कहाँ लग्यौ सालीग्राम ति धाम रोक्यौ कहाँ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...