Saturday, December 19, 2015

धर्म र जात छाडाको भर हुँदैन

धर्म र जात छाडाको, भर हुँदैन
नाम अनेक उसैको त, थर हुँदैन

परिवार एक, मन्दिर हो सदैब
चोथाले बाइफालाको, घर हुँदैन

एेनामा देखिन्न, मनभित्रको मैल
तर्कनेहरु सँग बोल्न, कर हुँदैन

मिठे मुह कि धारिले छुरी जो
गहिरो घाऊ तैपनि, चर हुँदैन

जती उम्ले नि, गहिरो कराइमा
पानी मिसाए दुधको, तर हुँदैन





No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...