Monday, December 28, 2015

१२१ २१२

हुरी चलेछ त्यां
धुरी ढलेछ त्यां

कहाँ नसोध भो
छुरी चलेछ त्यां

हिजो जितेछ आज्
सुली चढेछ त्यां

छन्द चुरेन ( १२१ २१२)
///////////////////////


कस्तो मात लाग्यो
लामा रात लाग्यो

भिज्थे जो सिरानी
खाली हात लाग्यो

पानी खोज्छ प्यासी
कूवा घात लाग्यो

तक्किया छ अग्ला
चिट्ठी खात लाग्यो

एेंठन् हो कि कुन्नी
झूटा बात लाग्यो


काङ्टेगा
२२२ १२२

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...