Saturday, December 19, 2015

रीत मायाको

लेखेको उन्कै, गीत मायाको
देखेको चोखो, प्रित मायाको

भेटिन्नन् आज, पुरानो साथ
सक्दिन भुल्न, रीत मायाको

टुटेका याद्'मा, खुशीछु आज
कसोरी मिल्यो, हीत मायाको

भोक् होकी चाह, अत्रिप्त मन
मेटिएन कैल्यै, धीत मायाको

जीत हमेशा, मायाकै भन्छन्
मनाअौं मिली, जीत मायाको 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...