Saturday, December 19, 2015

फेरी उन्को याद आयो

फेरी उन्को याद आयो
पूर्णे जुन्को याद आयो

हात्मा हात साथ उस्तै
त्यही फन्को याद आयो

रोधी घाँटु रात बिते
बाजा धुन्को याद आयो

भुल्नै गाह्रो प्रित् पुरानो
घुम्थ्यौं बन्को याद आयो

भाक्यौं देबी देवता त्यां
सानो थुम्को याद आयो

छन्द : काङ्टेगा
सूत्र: $$$ ।$$$

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...