Saturday, December 26, 2015

नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई song

नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई
सोधे हुन्छ् बनमा नाच्ने,एक्लै रुने मजुरलाई

साया भन्दा नजिक छु, छामी'हेर्नु देब्रे छाती  
सृङ्गारेर् राखेको छु,मन् मन्दिरका गजुरलाई

भन्दिन भो ज्यान दिन्छु, बांच्ने रहर जिन्दगीमा
रङ्ग थपौं आउनुस् मिली, साँझको त्यो इन्द्रेणीमा

विश्वाश टुटे नाता टुट्छ, धागो जस्तै सम्बन्ध यो
हजुर कै नाम लेखिसकेँ, पिरतीको बन्दगीमा

बिन्ती
नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...