Thursday, December 24, 2015

चूनौतीको तराजुमा

तौलिएर गयौ आँफै, जिन्दगीको तराजुमा
कैलेसम्म टिक्छौ भन, साद्गीको तराजुमा

पहाड् आए फोर्छुभन्दै, सागर् आए तर्छुपनि
भोलि पर्सी थाहा छैन, चूनौतीको तराजुमा

लालपुर्जा अर्कैको नाम्, तम्सुक पनि च्याती
राखी छाडी आँफैलाई, बन्दगीको तराजुमा

स्वर्ग जाने भर्याङ् हैन, घामपानीको दोछाया
कसो गरी चढ्ने होला, इन्द्रेणीको तराजुमा  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...