Wednesday, December 23, 2015

हो नि बरै, रुनमा नि तस्कर

सुनमा झै, नुनमा नि तस्कर
आफन्तकै, खुनमा नि तस्कर

मिठो बोली, यां चेपारे घस्नेको
छु म देख्दै, गुनमा नि तस्कर

मकै खोइला, उखुको के कुरा
देखें आफैं, घुनमा नि तस्कर

जमिन बेचे, नदिनाला खोला नि
बेच्दा बेच्दै, जुनमा नि तस्कर

घुर्क्याइँ सुँक्सुँक्, छातीमा शिर राखी
हो नि बरै, रुनमा नि तस्कर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...