Sunday, January 3, 2016

ब्लडी ह्याङ्ग ओभर !

हेप्पी न्यु ईयर!!हेप्पी न्यु ईयर!!
कानमा गुन्जिरहेको छ
थोत्रा र पुराना
यथास्थितीबादका दस्ताबेजहरुले थिचेको छ छाती
क्यालेण्डरका अन्तिम पत्ता झुन्डिरहेको छ
किला पुरानै,
बोत्तल र रक्सिको कथा जस्तै
यही कबिता जस्तै थियो,, रह्यो पूरानो बर्ष
भाबभङ्गी र रष नमिलेको

कहाँ बाट सुरु भयो
अन्त्य कहाँ हुँदैछ
अत्तो पत्तो छैन
न कबिता को, न पूरानो बर्षको,,

हेप्पी न्यु ईयर!!
भेलीमा डुबेका पेटिकोटको रक्सिले
मातेको भोलिपल्ट झैं
टाउको गरूङ्गो भएको छ
भग्नाबेश भित्र पूरिएका
चाहना र सपनाले थिचेर,
अपाङ्ग देख्छु म यो दुनियाँ यो समाज
आफु जस्तै
तैपनि खोक्दै छ
हेप्पी न्यु ईयर!!

चिच्चाउन मन लाग्छ
चिथोर्न मन लाग्छ आँफैलाई
खोज्छु हेप्पी कतै देख्दिन,,
एल ओ सी मिचिएको देख्छु
सिमानामा नाङ्गो नाच देख्छु
दिल्लीका मदारीका बानरहरु
बानेश्वरमा चक्काजाममा बसेको देख्छु
उम्रन नपाउदै निमोठीएका
कानुन र संघियताका नरम बुट्यान देख्छु
तर कतै देख्दिन हेप्पी,

ए गाईमारा हो!
ए भाईमारा हो!
कता लैजाँदै छौ ?
हाम्रा हेप्पिहरु
हिप्पिहरुको देशमा??
कि दौरा च्यातेर
धोती बनाउनेको राजधानी तर्फ
धन्य छौ तिमीहरु
'जमरा' नचिन्नेलाई
एक्स मास ट्रीको फेदमा चियर्स्
छलाङ्ग त मारेकै रहेछौ नि,,
कस्तो बिसङ्गती हो यो,
बिद्वान किताब च्यात्दै छन्
मुर्ख 'बेद' खोल्दै छन्
कठै ति ब्रम्हछिटाहरु !!

ब्लडी ह्याङ्ग ओभर !!

३ जनवरी, २०१६
स्पेन



No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...