Saturday, January 23, 2016

जाल जिन्दगीका

ए हजूर नसोध्नु,, हाल जिन्दगीका
कमजोर हुदैछन्,, पाल जिन्दगीका

पाक्लान् ढुङ्गा पत्थर, परन्तु आफ्नो त  
गल्दै नगल्ने झैँ भए,  दाल जिन्दगीका

चोला फेरिन्छ भन्छन्, पृथ्वी गोल अरे
फेर्नु पो पर्ने हो की, खाल जिन्दगीका

यता टाल्यो उता भ्वाङ्, जीवन यात्रामा
टार्नु पर्ने अझै छन्, गाल जिन्दगीका

ओगट्थ्यो यो आफन्त, दुनियाँ पोल्टोमा
समय माझिले लग्यो, जाल जिन्दगीका  !!!! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...