Sunday, January 17, 2016

देख्दिन म सपना, दरबारको


देख्दिन म


देख्दिन म सपना, दरबारको
बिग्रीएका ति आफ्नै, घरबारको  ।।

सजाएं भो जिन्दगी, बाँच्न नजान्दा
पल्ला फुस्किए के अर्थ्, गजबारको ।।

भाग्दैछु अचानोका, चिराहरुमा
अफसोच् प्रहार् छल्न, तरबारको ।।

ईन्क्लाबका सैलाब, जती उठे नि
कस्ले गर्ने बिरोध् यहाँ, सरकारको ।।

किनाराले तर्साउंछ्, त्यसैले साथी
लेख्दिन म कबिता, मझधारको ।।


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...