Thursday, January 28, 2016

हेर! धुरी माथिको, बाज उस्तै छ !!

सुकिला मुकिलाको, राज उस्तै छ !!
"टाठो" सरकारको, काज उस्तै छ !!

तारा झार्छु भन्नेले, टुकी बाल्दैन
भोली भन्नेहरुको, आज उस्तै छ  !!

धरोहर त उठ्लान्, इँट् पत्थरका
फाटे चोलीथाङ्नाको, लाज उस्तै छ !!

सहमती कि षड्यन्त्र, राजनितिमा
असफल् ब्यक्तित्वको, नाज उस्तै छ !!

माऊ निस्क्यो चारा टिप्न, परदेशमा
हेर! धुरी माथिको, बाज उस्तै छ !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...