Tuesday, January 19, 2016

आफन्तका केही हाइकु/सेन्यू

आफन्तका केही हाइकु/सेन्यू

भिजेका सडक
धुम्म छ त्यो आकाश
उस्तै छ मन !

खिङ्रिङ्ग रुख
रित्ता छन बुट्यान
पापी हिउँद !

सिरानी भिजे
तुषारोका तप्काना
माघी परेला !

नआए हुन्छ
दिलका पाहुना नी
झझल्को मात्र !

जुगाड छैन
हरायो मानबता
के गर्ने भोलि !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...