Saturday, January 23, 2016

आजका केही हाइकु

अाँधि तूफान
भूकम्प् अनि सुनामी
मन भित्र नै!

बाल भएन
बाहिरका आतंक
छातीमा बिस्फोट्!

कस्तो एेंठन
जिन्दगीले थिचेछ
दोसी सिरानी!

सुसुप्त भ्रुण
अभिलाषा बोक्छन
दुनियाँ बेग्लै !

के को आरक्ष
जमीन मिलोस् टेक्न  
त्यही काफी छ!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...