
उनको त, चुरी फुरी अर्कै छ
मेरो मन्को, हावाहुरी अर्कै छ
निशानी खै, सोध्दिन अाइन्दा म
देखि सकें, हात्'मा चुरी अर्कै छ
नबोके नी, गोला बारुद् उनले
मुटु रेट्ने, चक्कु छुरी अर्कै छ
रित्तो बनें, प्रेमको भकारी भर्दै
हिजो भेट्दा, मानो मुरी अर्कै छ
सामिप्यमा, रमाउने काहानी
आजभोलि, हाम्रो दुरी अर्कै छ
No comments:
Post a Comment