Wednesday, January 20, 2016

एक फजल

उनको त, चुरी फुरी अर्कै छ
मेरो मन्को, हावाहुरी अर्कै छ

निशानी खै, सोध्दिन अाइन्दा म
देखि सकें, हात्'मा चुरी अर्कै छ

नबोके नी, गोला बारुद् उनले
मुटु रेट्ने, चक्कु छुरी अर्कै छ

रित्तो बनें, प्रेमको भकारी भर्दै
हिजो भेट्दा, मानो मुरी अर्कै छ

सामिप्यमा, रमाउने काहानी
आजभोलि, हाम्रो दुरी अर्कै छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...