Friday, January 29, 2016

जता भ्वाङ्ग उतै, फाट्दैछ सरकार

सुनिन्छ न्यानो, बांढ्दैछ सरकार
जनता भन्छन्, ढांट्दैछ सरकार

चिसोले जलेका, ब्युंझिन्नन् अब
मुर्दासँग बिश्वास्, साट्दैछ सरकार

हांडी-घोप्टेहरुको, सभा भो संसद
अलकत्रा ओकली, चाट्दैछ सरकार

चरित्र उदाङ्गियो, न बोलिको ठेगान्
जता भ्वाङ्ग उतै, फाट्दैछ सरकार

नुन माग्छ् बाजुरा, मौन राजधानी
हावामा बिजुली, आँट्दैछ सरकार

(परन्तु सकरात्मक सोच यथावत राखौं है)
- Kalpana Poudel Acharya

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...